समाज


ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप गरेको आरोपमा ३२ जना पक्राउ

ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप गरेको आरोपमा ३२ जना पक्राउ

नेपालखबर
असार २, २०८३ मंगलबार १९:०, काठमाडौँ

काठमाडौँको ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने ३२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ठमेल नरसिंहचोक स्थित सार्वजनिक सडक खण्डमा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण मानिसहरूलाई अनावश्यक बाटो छेक्ने, अश्लील कार्यको लागि मोलमोलाई गर्ने, दुःख हैरानी दिने जस्ता कार्य गरिरहेको अवस्थामा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले सम्झाई बुझाई गर्दा उनीहरूले प्रहरी माथि नै जाइलाग्ने तथा अभद्र व्यवहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

पक्राउ परेका ३२ जनाविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad