समाज


भीमफेदी-कुलेखानी सुरुङमार्ग आयोजना कार्यालय हेटौँडामा स्थापना

भीमफेदी-कुलेखानी सुरुङमार्ग आयोजना कार्यालय हेटौँडामा स्थापना

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १३:९,

बागमती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी-कुलेखानी) आयोजना प्रभावकारी रुपमा सञ्चालनका लागि आयोजना कार्यालयको शुक्रबार स्थापना गरिएको छ।

हेटौँडास्थित हाल रहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रशासनिक भवनमध्ये तल्लो तल्लामा आयोजना कार्यालयको स्थापना गरिएको हो।

सो आयोजना कार्यालयको शुक्रबार प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले उद्घाटन गरे। बागमती प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौँडा—काठमाडौं मार्गअन्तर्गत पर्ने भीमफेदीदेखि कुलेखानीसम्ममा निर्माण हुन लागेको पोस्टबहादुर बोगटी सुरुङमार्ग आयोजनाको कार्यालय स्थापना भएको हो।

कार्यालय उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री फुयाँलले प्रदेश सरकार अब सुरुङमार्ग निमार्णमा जुटेको बताउँदै सो आयोजना प्रदेशको मात्र नभई सङ्घीय सरकारको समेत सहयोगमा सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको सुरुङमार्ग तोकिएको समयमै निर्माण सम्पन्न हुने बताए।

तीन दशमलब २१ किलोमिटरका दुई अलगअलग सुरुङमार्ग करिब रु १९ अर्बको लगानीमा करिब साढे तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य छ। तीनवटा पुलसहित दुई सुरुङ जोड्ने एप्रोच सडक निर्माण गरिने जनाइएको छ।

सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदनअनुसार ३ दशमलव २१ किलोमिटर लम्बाई तथा १५ र ७ मिटर फराकिला दुर्ईवटा सुरुङ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालले जानकारी दिए। प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माणमा सहकार्य गर्न सङ्घीय सरकारले समेत कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले एक महिनाभित्र प्राविधिक, आर्थिक र कानूनी पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्नु पर्नेछ।

सरकारले सुरुङमार्गलाई निजगढ—काठमाडौँ द्रूतमार्गसँगसमेत जोड्ने योजना अघि सारेको छ। त्यसो गर्नसके हेटौँडा काठमाडौँको दूरी ५२ किलोमिटरमा छोटिने आयोजनाका नवनियुक्त प्रमुख सिनियर डिभिजन इन्जिनीयर नवीनकुमार सिंहले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad