ad ad

समाज


जनप्रतिनिधिलाई धम्की दिने गुण्डा नाइके राधे भण्डारी पक्राउ

जनप्रतिनिधिलाई धम्की दिने गुण्डा नाइके राधे भण्डारी पक्राउ

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ५:२५,

प्रहरीले गुन्डा नाइके राधे भण्डारीलाई नियन्त्रणमा लिएको छ।

धादिङको सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएका राधेलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो।

जनप्रतिनिधिले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले उनलाई नियन्त्रणमा लिएको धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताए।

बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि जनप्रतिनिधिले भण्डारीलाई रोक्न भनेको र उनले रोक्न आदेश दिने जनप्रतिनिधिलाई धम्की दिएपछि प्रहरी कहाँ उजुरी परेको थियो।

गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन्। उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए।

२१ असार ०७० मा चरीलाई गोली हानेपछि भण्डारी चर्चामा थिए। उनी राजनीतिक दबाबका आधारमा धरौटीमा रिहा भएका थिए। त्यसको एक वर्षपछि चरीलाई प्रहरीले इन्काउन्टर गरेको थियो।

पक्राउ परेका भण्डारीविरुद्ध आज सार्वजनिक शान्ति भंगविरुद्ध मुद्दा दर्ताको तयारी भइरहेको एसपी खड्काले जनाकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .