ad ad

समाज


झापा, सप्तरी र धनुषामा थप तीन संक्रमितको मृत्यु

झापा, सप्तरी र धनुषामा थप तीन संक्रमितको मृत्यु

नेपालखबर
असोज २३, २०७७ शुक्रबार २:४८,

कोरोना भाइरस संक्रमणबाट झापा, सप्तरी र धनुषामा थप चार जनाको मृत्यु भएको छ।

झापाको दमक नगरपालिका-९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको छ।

बिरामी भएर १८ असोजमा अस्पताल भर्नाएपछि गरिएको स्वाब परीक्षणमा उनमा सङ्क्रमण देखिएको थियो। उपचारका क्रममा बिहीबार साँझ उनको मृत्युभएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए।

योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। दमकमा मात्रै तीन जनाले ज्यान गुमाएका छन्।

सप्तरीमा पनि कोरोना सङ्क्रमणबाट थप एक वृद्धको मृत्यु भएको छ। डाकनेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय वृद्धको संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

बिहीबार थप उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको हो। स्वास्थ्य कार्यालयका प्रमुख यादवका अनुसार चार–पाँच दिनअघि ज्वरो आएपछि उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएका थिए।

एक दिन अगाडि स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको थियो।

त्यसैगरी जनकपुरस्थित प्रादेशिक अस्पतालमा पनि एक संक्रमितको मृत्यु भएको छ।

धनुषाको शहीदनगर नगरपालिका–१ का ७० बर्षीय वृद्धको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी दिए। ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई यही असोज २० गते अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .