ad ad

राजनीति


मानवी पौडेलले छाडिन् साझा पार्टी

मानवी पौडेलले छाडिन् साझा पार्टी

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ३:२,

साझा पार्टीकी केन्द्रीय सदस्य मानवी पौडेलेले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेकी छन्।

शुक्रबार बिहान ट्विट गर्दै पौडेलले पार्टी छाडेको घोषणा गरेकी हुन्।

पछिल्लो समय पौडेल पार्टी गतिविधिमा सक्रिय थिइनन्।

‘पौडेलजीले हिजै पार्टीका संयोजक (रवीन्द्र मिश्र)लाई यस विषयमा जानकारी गराउनुभएको थियो,’ साझा पार्टीका एक नेताले नेपालखबरसँग भने, ‘सुरुमा पार्टी निर्माणको चरणमा निकै सक्रिय हुनुहुन्थ्यो। अहिले त्यो घट्दै गएको थियो।’

पार्टी परित्याग गरेका विषयमा प्रतिक्रिया बुझ्न नेपालखबरले फोन गर्दा पौडेल सम्पर्कमा आउन चाहिनन्। साझा पार्टीमा हुँदा पौडेलको राजनीतिक निकटता सूर्यराज आचार्य र मुमाराम खनालसँग बढी थियो। आचार्य र खनालले यसअघि नै साझा पार्टी छाडिसकेका छन्।

खनाल नयाँ वैकल्पिक राजनीतिकको अभियान थाल्ने तयारीमा रहेको बताइएको छ।

यसैबीच साझा पार्टीका अर्को केन्द्रीय सदस्य सिद्दी अर्यालले पनि केन्द्रीय सदस्य छाडेकी छन्। उनले चीनमा बस्नुपर्ने भएकाले नेपालको राजनीतिमा सक्रिय हुन नसक्ने जानकारी संयोजक मिश्रलाई गराएको बुझिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .