ad ad

खेल


आईपीएल : हैदरवादद्वारा पन्जाब ६९ रन अन्तरले पराजित

आईपीएल : हैदरवादद्वारा पन्जाब ६९ रन अन्तरले पराजित

नेपालखबर
असोज २३, २०७७ शुक्रबार २:४७,

विस्फोटक ब्याटिङ र घातक बलिङको मद्दतमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) को २२औं खेलमा किंग्स इलेभेन पन्जाबलाइ ६९ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

लिगमा तेस्रो जित निकालेको हैदावाद अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ। ६ खेलमा पराजित पन्जाब अंक तालिकाको पुछारमा छ। हैदरावादले दिएको २ सय २ रनको विशाल लक्ष्य पछ्याएको पन्जाब १६ दशमलव ५ ओभरमा मात्र १ सय ३२ रनमा समेटियो।

पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ७७ रनको योगदान दिए। ८ खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्। मोहम्मद शामी, अर्शदीप सिंह र शेल्डन कटरेलले खाता खोल्न सकेनन्। रासिद खानले आफ्नो स्पेलमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिए। खलिल अहमद र टी नटराजनले २ विकेट लिए।

अभिषेक शर्माले एक विकेट आफ्नो नाममा लेखाए। त्यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०१ रनको विशाल योगफल तयार पारेको थियो।

जोनी बेयरस्टोले ९७ रनको उत्कृष्ट पारी खेले। ओपनर बेयरस्टो र डेविड वार्नरले १ सय ६० रनको उत्कृष्ट साझेदारी गरेपछि हैदरावादले उक्त स्कोर बनाएको हो।

बेयरस्टोले ५५ बलमा ७ चौका र ६ छक्कासहित ९७ रन जोडे। यस्तै वार्नरले ४० बलमा ५ चौका र एक छक्का प्रहार गरे। यस्तै केन विलियम्सनले १० बलमा एक चौका र एक छक्कासहित २० रन जोडे। पन्जाबका रवि विस्नोइले ३ तथा अर्षदीप सिंहले दुई विकेट लिए। मोहम्मद सामीको नाममा १ विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .