पोखरामा कोरोना संक्रमणबाट ८३ वर्षीय वृद्धको मृत्यु भएको छ।
पोखरा–१६ मा बस्ने उनको बिहीबार बिहान गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)को आइसोलेसनमा मृत्यु भएको हो।
अस्पतालले उनी अन्य रोगबाट पनि पीडित भएको जनाएको छ।
उनलाई असोज ३ गते कोरानो संक्रमण पुष्टि भएसँगै अस्पतालको आइसोलेसनमा लगिएको थियो।
योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

प्रतिक्रिया