राजनीति


पार्टी एकीकरणका बाँकी काम यसै महिनाभित्र पुरा गर्ने ओली–दाहाल सहमति

पार्टी एकीकरणका बाँकी काम यसै महिनाभित्र पुरा गर्ने ओली–दाहाल सहमति

नेपालखबर
असोज २२, २०७७ बिहिबार १०:२६,

नेकपाले पार्टी एकीकरणको बाँकी काम असोज अन्तिमसम्ममा सम्पन्न गर्ने भएको छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच बिहीबार भएको छलफलमा एकताको बाकी काम असोज अन्तिमसम्म सकाउने समझदारी बनेको हो।

‘उहाँहरुबीच आज भएको छलफलमा पार्टी एकीकरणको बाकी काम यहि महिनाभित्र सम्पन्न गर्ने सहमति बनेको छ, अब दुई अध्यक्ष र महासचिवले त्यसबारे थप तयारी गर्नु हुनेछ,’ प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरेको २८ महिनासम्म ३ आयोगसहित ३२ विभागको एकता प्रक्रिया टुङ्गिएको छैन।

बुधबार बसेको बैठकमा रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सहमति गरेका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालले एकताको बाँकी काम सकाउने आज थप समझदारी गरेका हुन।

असोज ६ गते बसेको सचिवालय बैठकले एकताको बाकी १० सम्पन्न गर्ने कार्ययोजना ल्याउन दुई अध्यक्ष र महासचिवलाई १० दिनको समय दिएको थियो।

तर सो १० दिनमा कार्ययोजना ल्याउन असफल भएका ओली–दाहालले आज नयाँ समझदारी बनाएका हुन।

अब सचिवालय बैठक बसेर त्यस सम्बन्धमा निर्णय गर्ने नेताहरूले बताएका छन।

पार्टी एकीकरण पनि सम्पन्न गर्ने सहमति गरेपछी प्रधानमन्त्री ओलीले रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

आजै बेलुकासम्म वा भोलिसम्म ती मन्त्रालयमा मन्त्री नियुक्त भैसक्ने उनी निकट स्रोतले जनायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad