बैकिङ कसुरको मुद्दामा ५ दिन कैद र २२ लाख रुपैयाँ जरिवाना तोकेपछि फरार भएका व्यक्ति पक्राउ परेका छन्।
प्रहरीले ९ महिनादेखि फरार रहेका ललितपुरको महालक्ष्मी नगरपालिका ८ लुभुका ३५ वर्षीय बिजयन्द्र रिमालाई बिहीबार पक्राउ गरेको हो।
उनलाई उच्च अदालत पाटनले २०७६ माघ २२ गते ५ दिन कैद र २२ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
रिमाललाई कैद तथा जरिवाना अशुली गर्न आवश्यक प्रक्रियाका लागि अदालत पठाइएको प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रतिक्रिया