समाज


रौतहटमा गाउँकै युवकसँग किशोरीलाई विवाह गर्न दिएनन्, शव पुर्‍याइदिए प्रेमीको घरमा

रौतहटमा गाउँकै युवकसँग किशोरीलाई विवाह गर्न दिएनन्, शव पुर्‍याइदिए प्रेमीको घरमा

नेपालखबर
असोज २२, २०७७ बिहिबार ८:५१,

गाउँकै युवकसँगको प्रेम सम्बन्धको विषयलाई लिएर रौतहटमा एक किशोरीको हत्या भएको छ।

रौतहटको दुर्गा भगवती गाउँपालिका ४ छतौनाटोलकी १७ वर्षीया रोबिना मन्सुरीको हत्या भएको रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।

ती किशोरीको गाउँकै जुनेस मिया कबाडीसँग प्रेमसम्बन्ध भए पनि परिवारले अस्वीकार गर्दै आएका थिए। परिवारले भने उनको भारतका मोति रहमानसँग विवाह गरिदिने तयारी गरेका थिए।

बुधबार किशोरीलाई मारेको वा आफैं मरेको भन्ने खुल्न सकेको छैन। तर मृत किशोरीको शव उनका काका–काकीहरुले प्रेमी जुनेसको घरमा लगेर राखिदिएका थिए।

सोही गाउँका १९ वर्षीय युवकसँगको प्रेम सम्बन्धका कारण उनको हत्या गरिएको प्रहरीको आशंका छ। परिवारले भारतका युवकसँग विवाह गरिदिन खोजे पनि किशोरी नमानेपछि उनको घरमै हत्या गरिएको अनुमान गरिएको छ।

ती युवकसँग किशोरीलाई छुटाउन परिवारले दुवै जनालाई दबाब दिँदै आएका थिए। युवतीको हत्याको आशंकामा सोही ठाउँका ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

उनीसहितका ४ जनाले किशोरीको शव जनरल कवाडीको घरमा पु¥याएका थिए। ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी हाल फरार रहेको एसपी शाहले बताए। किशोरीका बुबा रोजगारीका लागि भारतमा छन्। किशोरीकी आमा बुधबार दिउँसो घाँस काट्न गएको समयमा घटना भएको थियो।

प्रेमी भनिएका युवकलाई फसाउन यस्तो गरिएको प्रहरीको बुझाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad