कारोबार


एनआईसी एसियाका ऋणीलाई कर्जाको ब्याजदर ८.९९ प्रतिशत कायम गर्ने अवसर ९ दिन बाँकी

एनआईसी एसियाका ऋणीलाई कर्जाको ब्याजदर ८.९९ प्रतिशत कायम गर्ने अवसर ९ दिन बाँकी

नेपालखबर
असोज २२, २०७७ बिहिबार ८:५८,

एनआईसी एसिया बैंकले कोभिड १९ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न समयअनुरुप विभिन्न ग्राहकमैत्री सहुलियतका योजनाहरू ल्याइरहेको छ।

यही सन्दर्भमा बैंकले २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ असोज मसान्तसम्मको सावाँ तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साबिकको ब्याजदरलाई घटाई १ कात्तिक २०७७ देखि लागू हुने गरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको छ।

योजनाअनुसार मानौं कुनै रू. १ करोडको कर्जा वार्षिक १२ प्रतिशत ब्याजदरमा उपभोग गरिरहेको एक ग्राहक छन् भने उसले एक वर्षमा रू. ३ लाख रकम बराबरको लाभ लिन सक्ने बैंकले जनाएको छ।

उक्त लाभ हुनु भनेको यस योजनाका लागि योग्य ग्राहकको लागि उसले बैंकमा चुक्ता भुक्तान गर्ने ब्याज रकममा २५ प्रतिशतको लाभ हुनु हो। अहिले ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले यति धेरै लाभ हुने गरी बैंकले यो योजना ल्याएको हो।

यस योजनामा सहभागी हुन अब मात्र ९ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउन सम्पूर्ण योग्य ऋणीहरुलाई बैंकले आह्वान गरेको छ। यस बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका योग्य ग्राहकले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्ने बैंकको भनाइ छ।

यस असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूका लागि कर्जामा आकर्षक छुटको व्यवस्था गरेको हो।

बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को वैशाख, जेष्ठ र आषाढ महिनामा ल्याएको ऐतिहासिक कर्जाको ब्याज सहुलियत सम्बन्धी योजनाबाट बैंकका करिब ८० प्रतिशत (करिब ३५ हजार) ऋणीहरूले करिब रू. ३ अर्ब बराबरको वार्षिक ब्याजदर सहुलियत प्राप्त गरेको बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad