हेपटाइटिस सी भाइरस सन् १९७० को दशकमा पत्ता लागेको थियो।
सो भाइरस पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने वैज्ञानिक हार्भी जे अल्टर, माइकल ह्युस्टन र चार्ल्स एम राइसलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको सोमबार जनाइएको छ।
— The Nobel Prize (@NobelPrize) October 5, 2020BREAKING NEWS:
The 2020 #NobelPrize in Physiology or Medicine has been awarded jointly to Harvey J. Alter, Michael Houghton and Charles M. Rice “for the discovery of Hepatitis C virus.” pic.twitter.com/MDHPmbiFmS
कारोलिन्स्का इन्स्टिट्युट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणा गरेको हो।
गत वर्ष, बेलायती वैज्ञानिक पिटर राचक्लिफ र अमेरिकीहरु विलियम काइलिन र ग्रेग सेमेन्जालाई शरीरका कोषको प्रतिक्रियाका बारेमा अनुसन्धान गरेबापत संयुक्तरुपमा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो।
नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन्।
चिकित्सा बाहेक अन्य पुरस्कारहरु भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधामा पनि दिइन्छ।

प्रतिक्रिया