प्रदेश ५ को प्रदेश सभाको बैठकमा कुर्सी तोडफोड भएको छ।
विरोधबीच सभामुखले बैठक प्रक्रिया अगाडि बढाएपछि नेपाली कांग्रेसका वैजनाथ कलवार र ओसिउद्दिन खान तथा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेयले कुर्सी तोडफोड गरेका थिए।
त्यसैगरी कांग्रेसकै निर्मला क्षेत्री, पुष्पा थरुनी र रमा अर्यालले डेस्क जडान गरिएका माइकहरु तोडफोड गरेका थिए।
विरोध र तोडफोडबीच पनि सभामुखले बैठक जारी राखेका छन्।
विपक्षी सांसदले नाराबाजी गरिरहेका बेला सत्तारुढ नेकपाका सांसदहरुले राजधानी दाङ सार्ने प्रस्तावबारे आफ्ना धारणा राखेका थिए।
हेराैं भिडियाे:
याे पनि:
दाङ राजधानी बनाउने प्रस्तावमा मतदान गर्न नेकपाको ह्विप (भिडियाे)
राजधानी विवाद : प्रदेश सभाको बैठक स्थगित गर्न विपक्षी दलको माग, नेकपा बैठक राख्ने पक्षमा
3
Shares

प्रतिक्रिया