कारोबार


इ–फार्मले सुरु गर्‍यो विशेष छुटसहित खसीबोका दशैं अफर, शाकाहारीलाई पनि छ सुविधा

इ–फार्मले सुरु गर्‍यो विशेष छुटसहित खसीबोका दशैं अफर, शाकाहारीलाई पनि छ सुविधा

नेपालखबर
असोज १९, २०७७ सोमबार ९:३८,

अनलाइनमार्फत कृषि उत्पादनलाई उपभोक्ता माझ पुर्‍याइरहेको इ–फार्मले दशैं लक्षित अफरहरु ल्याएको छ। इ–फार्मले दशैंमा धेरै प्रयोग हुने खसी, बोका, च्यांग्रा, कुखुरा र कालिज बिक्रीमा विशेष छुटसहित बुकिङ सुरु गरेको हो।

दशैंको लागि खसी बुकिङ गर्ने ग्राहकले १० प्रतिशतसम्म छुट पाउने ईफार्मका संस्थापक प्रमेश्वर श्रेष्ठले बताए। अनलाइनबाट बुकिङको व्यवस्था मिलाएको ईफार्मले घर मै निशुल्क उपलब्ध गराउन जनाएको छ।

‘५ हजारभन्दा धेरैको खसी बुकिङ गर्नेलाई १० प्रतिशतसम्म छुटको व्यवस्था छ,’ श्रेष्ठले भने, ‘अनलाइनबाट बुकिङ गर्नेहरुलाई काठमाडौं उपत्यकाभित्र निशुल्क होम डेलिभरीको व्यवस्था छ।’

कोरोना भाइरस संकटका कारण बजारमा गएर खसी किन्न जाँदा जोखिम हुने भएकाले अनलाइनबाट आफूलाई मन परेको खसी, बोका, च्यांग्रा छानेर बुकिङ गर्न सकिने उनले बताए।

प्रत्यक्ष हेरेर किन्न चाहनेले धापाखेलमा रहेको फार्ममा गएर हेर्न सकिन उनले बताए। ग्राहकले जिउँदो वा मासु तयार गरेर पनि ल्याउन सक्नेछन्।

इ–फार्ममा रहेका खसी बोका पहाडी जिल्लाहरु धनकुटा, बैतडी, सल्यान, लमजुङ, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट ल्याएको श्रेष्ठले बताए।

इ–फार्मले जिउँदो खसी प्रतिकेजी ७ सय रुपैयाभन्दा कम उपलब्ध हुने उनको भनाइ छ।

‘बजार मूल्यभन्दा सस्तोमा बेच्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘प्रतिकेजी ७ सयको हाराहारीमा बेच्ने योजना छ।’

दशैँको अवसरमा खसीबोकालाई प्राथमिकता दिए पनि शाकाहारीको लागि पनि विभिन्न प्रकारका खाद्यान्न उपलब्ध भएको उनले बताए।

अर्गानिक तरकारी, फलफूल, जुम्लाको मार्सी चामल, च्याऊको चाना, पोखराको चामल, इलामको घिउ लगायतको उत्पादन पनि होम डेलिभरीको व्यवस्था रहेको छ।

गत वर्ष दशैँ आउनुभन्दा एक महिना अघि सुरु भएको ईफार्मले कृषिजन्य उत्पादनहरुलाई अनलाइन मार्फत उपभोक्ता माझ पु¥याउँदै आएको छ।

गत वर्ष खसी र च्यांग्रा बिक्री गर्दै इ फार्म सुरु भएको थियो। त्यसपछि उनीहरु अन्य कृषि उत्पादनहरुलाई थप्दै सेवा विस्तार गरिरहेका छन्।

‘जति पनि कृषि उत्पादन छ, त्यसलाई उपभोक्ता समक्ष पुर्‍याउने लक्ष्य हो,’ श्रेष्ठले भने, ‘कृषि उत्पादन र उपभोक्ताको पुलका रुपमा इ–फार्म रहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad