शनिबार एम्सले सुशान्तको शरीरमा विषको मात्रा नभेटेको र उनको घाँटीमा थिचेको नदेखिएको बताउँदै उनको मृत्युको कारण आत्महत्या भएको बताएको थियो।
यससँगै भारतको विपक्षी दल काँग्रेस आईका नेता तथा लोकसभा सदस्य अधिर चौधरीले आइतबार सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको रिहाईको माग गरेका छन्।
सुशान्तको हत्याको विषयमा सीआईबीले अनुसन्धान गर्दै जाँदा त्यहाँ लागुऔषधको विषय उत्पन्न भएपछि हाल लागुपदार्थविरुद्धाको संस्था एनसीबीले रियालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।
यसअघि रियाकै कारण सुशान्तको मृत्यु भएको भनेर सुशान्तका परिवारले आरोप लगाउँदै आएका थिए। एम्सले यस घटनालाई आत्महत्या भनेपछि चौधरी भन्छन्,‘रिया राजनीतिक षडयन्त्रको शिकार भइन्।’
सत्ताधारी दल भाजपाका कार्यकर्ताहरुले रियालाई फसाउन खोजेको उनको आरोप छ। सुशान्तको मृत्यु हुनु दुखद भएपनि निर्दोष महिलालाई फसाउन खोज्नु गलत कार्य भएको उनको भनाइ छ।
एनसीबीले रियालाई सेप्टेम्बर ८ मा पक्राउ गरेको थियो। एजेन्सी
प्रतिक्रिया