आज (बुधबार) देखि शुक्रबारसम्म देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यी तीन दिन मध्यम वा भारी वर्षाको सम्भावना देखिएको छैन।
यस्तो छ तीन दिनको अनुमान
असोज १४ गते बुधबार
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
असोज १५ गते बिहीबार
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ।
राती : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
असोज १६ गते शुक्रबार
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ।
राती : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।
मौसमविद्का अनुसार नेपालबाट अब केही दिनमा मनसुन बाहिरिने सम्भावना छ।
मनसुन बाहिरिने मिति सामान्यतया यही सेप्टेम्बर २७ तारिख भए पनि मनसुन केही लम्बिएको हो।
तर केही दिनयता वर्षा हुने क्रम भने ह्वात्तै घटेको छ।
Shares

प्रतिक्रिया