खेल


सन्दीप सम्मिलित दिल्लीको पहिलो हारमा सनराइजर्सको पहिलो जित

सन्दीप सम्मिलित दिल्लीको पहिलो हारमा सनराइजर्सको पहिलो जित

नेपालखबर
असोज १४, २०७७ बुधबार २:५३,

नेपाली लेग स्पिनर सन्दीपल लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो हार बेहोरेको दिन सनराइजर्स हैदरावादले पहिलो जित दर्ता गरेको छ।

हैदरावादसँग १५ रनले पराजित भएको दिल्लीको अपराजित यात्रामा समेत बाधा पुगेको छ। पहिलो हार भोगेको दिल्ली ४ अंकमा तालिकाको दोस्रो स्थानमा पुगेको छ। हैदरावाद छैछौं स्थानमा उक्लेको छ। दिल्लीले चौथो खेल शनिबार कोलकाता नाइट राइडर्ससँग शारजाहमा खेल्ने छ। हैदराबादले शुक्रबार चेन्नई सुपर किंग्सँग दुबईमा खेल्ने छ।

मगंलबार राति हैदरावादले दिएको १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन मात्र जोड्न सक्यो। कागिसो रबाडा ७ बलमा १ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे। दिल्लीका राशिद खानले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए। टि नटराजन र खलिल अहमदले समान एक विकेट लिए।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो। हैदराबादका ओपनर डेभिड वार्नर र जोनी बेयरस्टोले ७७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए।

वार्नर ४५ रनमा क्याच आउट भए। वार्नरले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे। बेयरस्टो मिडअफमा एनरिच नोर्टजेबाट ५३ रनमा क्याच आउट भए। बेयरस्टोले ४८ बलमा २ चौका र १ छक्का प्रहार गरे। केन विलियम्सनले ४१ रन जोडे। हैदरावादका स्पिनर अमित मिश्रा र कागिसो रबाडाले समान २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad