ad ad

कारोबार


पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन ‘पुनरुत्थान टास्क फोर्स’ स्थापना

पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन ‘पुनरुत्थान टास्क फोर्स’ स्थापना

नेपालखबर
असोज १०, २०७७ शनिबार १३:०,

कारोना भाइरस (कोभिड–१९) महामारीले समस्याग्रस्त बनेको पर्यटन क्षेत्रलाई स्वभाविक अवस्थामा फर्काउनका लागि ‘पुनरुत्थान टास्क फोर्स, नेपाल’को स्थापना भएको छ।

महामारीका कारण घरासायी बनेको पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउनका लागि सकारात्मक, सक्रिय र परिणाममूखी भूमिका खेल्न निजी क्षेत्रको पहलमा सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार पर्यटन पुनरुत्थान टास्क फोर्स–नेपालको स्थापना गरिएको बताइएको छ।

शनिबार विश्व पर्यटन दिवस पारेर यसको औपचारिक समुदघाट्न गरिएको हो।

उचित, उत्तरदायी, सुधारोन्मुख तथा रचनात्मक रुपमा पर्यटन क्षेत्रका नेतृत्वदायी भूमिकामा रहेका निर्णयकर्ता तथा नीति निर्माताहरु माझ पर्यटनबारे बुझाई बढाउन, मुख्य सरोकारवाला निकायहरु बीच परिणाममुखी समन्वय स्थापना गराउन र देशभित्रका पर्यटन क्षेत्रका सरोकारवालाहरु तथा स्रोत बजारका टुर अपरेटर्स एवं सम्भाव्य पर्यटकहरुबीच विश्वसनीय तथा प्रभावकारी संचार गर्र्ने कार्यमा केन्द्रित रहने गरी यस कार्यदलले कार्यक्रम तथा गतिविधिहरु गर्ने जनाएको छ।

टास्क फोर्सले पर्यटनको दिगो तथा छिटो पुनरुत्थान गर्न भइरहेका राम्रा प्रयासहरु तथा आवश्यक तयारीमा सहयोग गर्ने र सकारात्मक सन्देश प्रवाह गर्न आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सम्बन्धित निकायलार्ई सुझाउने एवं सीमित साधन र स्रोत भए पनि केही कार्यक्रमहरु आफैँ सञ्चालन गर्नेछ। त्यस्तै १० वटा टेलिभिजन च्यानलहरुबाट नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरु नियमित रुपमा सम्प्रेषित गरिनेछ।

पर्यटन क्षेत्रको नेपालको समृद्धि यात्रामा उल्लेख्य भूमिका र योगदान रहेको छ। विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्यांकअनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत रहेको छ भने करिब ११ लाख जनशक्तिका लागि पर्यटन क्षेत्रले रोजगारका अवसरहरु सिर्जना गरेको छ।विदेशी पर्यटकको खर्चबाट आर्जन हुने निर्यात आम्दानीमा ३०.८ प्रतिशतको योगदान रहेको छ।

कोरोनाको महामारीले हाम्रो स्वास्थ्य र जनजीविकामा मात्रै हैन अर्थतन्त्रमा पनि ठूलो चुनौती थपेको छ। यस संकटको घडीमा सुुरक्षाका मापदण्ड अपनाउँदै पर्यटनका गतिविधि सुचारु हुँदा रोजगार र व्यवसायपुनः सुचारु गर्न र पर्यटन पुनरुत्थान हुन जान विश्वास लिइएको छ।

प्राथमिकताहरु निर्धारण गर्दै तत्काल सक्रिय हुनु पर्ने टड्कारो आवश्यक्तालाई लाई मध्यनजर गर्दै परिणाममूखि कार्य–योजना र सरभाइभल, रिभाइभल, तथा थ्राइभलको स्पष्ट रणनीतिका आधारमा कार्यक्रम तथा गतिविधिहरु तय गरी त्यसमा सबै मुख्य सरोकारवालाहरुको प्रयासलाई जोड्दै छिटो भन्दा छिटो पर्यटन पुनरुत्थान गर्न यो कार्यदल लागि पर्ने बताएको छ।

पर्यटन पुनःसंचालनका लागि पर्यटन क्षेत्रको तयारीका सन्दर्भमा सर्भेक्षण गर्ने, सुरक्षा मापदण्डसम्बन्धी सूचना तथा जनचेतनाका सचित्र सामग्री तयार पार्ने, विदेशका अन्य गन्तव्यहरुमा भइरहेका अभ्यासहरुका बारेमा तथ्य तथा सूचना संकलन गर्ने, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि वातावरण बनाउने र प्रवद्र्धन गर्नेजस्ता कार्य कार्यदलले सुरु गरिसकेको छ। कार्यदलले आगामी दिनमा आन्तरिक पर्यटनका लागि, सुरक्षा मापदण्डपालना गर्न लगाउनका लागि, सरोकारवाला संस्थाहरुको भूमिका उत्साहित बनाउन, स्रोत बजारको बुझाइ र नेपालले गर्नुपर्ने थप तयारीजस्ता विषयहरुमा नियमित संवाद श्रृखंला सुचारु गर्ने जनाएको छ। पर्यटन क्षेत्रमा देखिने कमीकमजो।ीलाई घटाउन र हटाउन यो कार्यदलपर्यटन पुनरुत्थान नहुन्जेल सक्रिय रहनेछ।

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन पुनरुत्थानका लागि भएको यस पहलको प्रशंसा गर्दै पर्यटन पुनरुत्थानको पहिलो पाइला स्वरुप ‘देशदर्शन’ कार्यक्रमको सुरुवात गरे। सबै सरोकारवालाहरु एक भएर लागेमात्रै पर्यटन पुनरुत्थान छिटो हुन सक्ने भन्दै सबैलाई पर्यटनका लागि सँगसँगै हुन आग्रह गरे।

पर्यटन सचिव केदारबहादुर अधिकारीले पर्यटन पुनरुत्थान कार्यदलद्वारा ग्रामीण गन्तब्य सशक्तीकरण अभियानको तालिम निर्देशिकाको उद्घाटन गरे। उनले निजी क्षेत्रद्वारा पहल गरिएको पर्यटन पुनरुत्थान कार्यदलको प्रशंसा गर्दै स्थानीय तथा प्रादेशिक सरकारहरुसँग थप समन्वय र सहकार्य गरी थप प्रभावकारी कार्यहरु बढाउन सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .