समाज


पाल्पा पहिरोमा पुरिएका तीन जनाको शव फेला, दुई अझै बेपत्ता

पाल्पा पहिरोमा पुरिएका तीन जनाको शव फेला, दुई अझै बेपत्ता

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ९:३६,

 पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ।

पहिरोमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आले रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए।

पहिराले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजी जारी रहेको प्रहरीको जनाएको छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी जारी राखेका छन्।

पहिरो गएका कारण सडक अवरुद्ध भएकाले प्रदेशसभा सदस्य नारायण आचार्य र गाउँपालिका अध्यक्ष विष्णु भण्डारी घटनास्थलमा पुग्न नसकेको पालिकाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad