राजनीति


प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठले दिए राजीनामा, बुढाथोकीलाई कार्यभार

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठले दिए राजीनामा, बुढाथोकीलाई कार्यभार

नेपालखबर
असोज ९, २०७७ शुक्रबार ९:३१,

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।

असोज १२ गते पदावधि सकिन लागेका श्रेष्ठले शुक्रबार राजीनामा दिएका हुन्।

काउन्सिलका तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त अध्यक्ष पदमा काउन्सिल बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो।

त्यसयता कार्यवाहककै रुपमा उनले नै काउन्सिलको नेतृत्व गर्दै आएका थिए।

श्रेष्ठले पदबाट राजीनामा दिएपछि काउन्सिलको बोर्ड बैठकले काउन्सिल सदस्य गोपाल बुढाथोकीलाई कार्यवाहक अध्यक्ष चयन गरेको छ।

गतमहिना सरकारले श्रेष्ठलाई हटाई दुर्गा भण्डारीलाई कार्यवाहक तोकेको थियो।

सरकारको सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि अदालतले सरकारको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

याे पनि: 
प्रेस काउन्सिल विवाद : किशोर श्रेष्ठलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad