ad ad

समाज


पाल्पामा पहिरोमा परि एकै घरका ५ सहित छ जना बेपत्ता

पाल्पामा पहिरोमा परि एकै घरका ५ सहित छ जना बेपत्ता

नेपालखबर
असोज ८, २०७७ बिहिबार २:२८,

पाल्पाको रम्भा गाउँपालिका वडानम्बर २ स्थित फोक्सिङकोटमा अविरल वर्षापछि खसेको पहिलोले एकै घरका ५ सहित छ जना वेपत्ता भएका छन।

गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार बिहीबार बिहान खसेको पहिरोमा परी तीन घर पुरिएका छन।

'हुम बहादुर गाहाको घर पुरिएको र परिवारका सबै ५ जना वेपत्ता भएको तथा मनबहादुर गाहाको घर पुरिएपनि मानवीय क्षति नभएको अहिलेसम्म विवरण प्राप्त भएको छ,' अध्यक्ष भण्डारीले नेपालखबरसँग भने।

 त्यस्तै भण्डारीका अनुसार फोक्सिकोटकै सुरुमडाँडामा एक अर्को घर पुरिदा एक जना गर्भवती महिला बेपत्ता भएकी छन्। आफूहरु घटनास्थलतर्फ गईरहेको र केहीबेर पछि विस्तृतमा विवरण आउने उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .