समाज


रिएजेन्ट सकिएपछि भरतपुर अस्पतालले नमूना काठमाडौँ पठाउन थाल्यो

रिएजेन्ट सकिएपछि भरतपुर अस्पतालले नमूना काठमाडौँ पठाउन थाल्यो

नेपालखबर
असोज ७, २०७७ बुधबार ५:२८,

भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पीसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मंगलबारदेखि प्रयोगशाला बन्द भएको छ। यहाँ संकलन भएको नमूना काठमाडौँ पठाउन थालिएको छ।

प्रयोगशाला प्रमुख डा नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि यहाँ परीक्षण गर्न रोकिएको छ। मंगलबार मात्र ३२५ वटा नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले जानकारी दिइन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालालगायत अन्य प्रयोगशालामा रिएजेन्ट खोज्ने काम भइरहेको अधिकारीको भनाइ छ।

प्रयोगशालामा चाहिने आरएनए एब्सट्र्याक्सन किट र पीसीआर रिएजेन्ट मध्ये रिएजेन्ट अभाव भएको हो। जिल्लामा निजी क्षेत्रमा चितवन मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पीसीआर परीक्षण गर्दै आएका छन्। ती दुवै संस्थाले शुल्क लिएर परीक्षण गर्दछन्। भरतपुर प्रयोगशालाले भने निःशुल्क परीक्षण गरिरहेको छ।

गत चैत २२ गते सुरु भएको यस प्रयोगशालाले हालसम्म २५ हजारभन्दा बढी नमूनाको परीक्षण गरिसकेको छ। चितवनसहित बाहिरी जिल्लाबाट समेत नमूना परीक्षणका लागि यहाँ पठाइने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad