समाज


बहराइनबाट थप १४२ जनालाई नेपाल ल्याइयो, १२६ फिर्ता भए

बहराइनबाट थप १४२ जनालाई नेपाल ल्याइयो, १२६ फिर्ता भए

नेपालखबर
असोज ७, २०७७ बुधबार ५:४८,

बहराइनमा कोरोनाको महामारीका कारण रोजगारी गुमाएका तथा अन्य कारणले अलपत्र परेका थप १ सय ४२ जना नेपाली स्वदेश फर्किएका छन्।

नेपाल एयरलाइन्सको विमानमार्फत फर्किएका उनीहरु बुधबार बिहानै काठमाडौँमा अवतरण गरेको नेपाली राजदूतावास बहराइनले जनाएको छ।

दूतावासका अनुसार योसँगै बहराइनबाट चार्डर्ड उडानमार्फत घर फर्कनेको संख्या १ हजार २७५ पुगेको छ।

त्यस्तै उक्त उडानमा बहराइनमै निधन भएका दूई नेपालीको शव समेत पठाइएको दूतावासले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ।

त्यस्तै दूतावासले कोरोनाको महामारीका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा काममा फर्कन नपाएका १२६ जना सोही उडानमार्फत फिर्ता भएको जनाकारी दिएको छ। यसअघि सेप्टेम्बर १० मा भएको उडानमा १४५ जना फर्किएको र असिहलेसम्म फर्कनेको संख्या २७१ पुगेको दूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad