समाज


अन्डरग्राउन्ड गरिएको तार पड्किँदा महाराजगन्ज र टोखा क्षेत्रमा विद्युत् अवरुद्ध

अन्डरग्राउन्ड गरिएको तार पड्किँदा महाराजगन्ज र टोखा क्षेत्रमा विद्युत् अवरुद्ध

नेपालखबर
असोज ७, २०७७ बुधबार ५:२०,

भूमिगत गरिएको बिजुलीको तार पड्कँदा काठमाडौँको महाराजगन्ज र टोखा क्षेत्रमा केही घण्टा विद्युत सेवा अवरुद्ध भएको छ।

टोखास्थित ग्रान्डी अस्पतालको अगाडि अन्डरग्राउन्ड गरिएको तार प्राविधिक समस्याका कारण पड्कँदा करिब ६ घण्टा उक्त क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले टोखा महारागन्ज क्षेत्रमा भएको विद्युत आपूर्ति बन्द लोडसेडिङ नभई प्राविधिक समस्या भएको बताए।

‘उक्त क्षेत्रमा बेलुकादेखि नै समस्या देखिएको र धेरैजसो क्षेत्रमा राति ११ बजे नै मर्मत गरी विद्युत सेवा सुचारु गरिएको थियो, ‘नेपालखबरसँग कुरा गर्दै कोइरालाले भने’, बाँकी रहेको क्षेत्रमा पनि बिहान ७ बजे नै सेवा सुचारु भइसकेको छ।’

उनले वर्षाका कारण रुख ढलेपछि समस्या आएको र रातभर पानी परिरहेका कारण मर्मतमा केही ढिलाई भएको जानकारी दिए।

नेपाल विद्युत प्राधिकरणका प्राविधिक विष्णु श्रेष्ठले प्राविधिक समस्याका कारण सो क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको बताए। उनले यस्ता समस्याहरु निरन्तर आइरहने भए पनि रातभर पानी परेका कारण मर्मतमा केही ढिलाई भएको स्वीकार गरे।

‘रातभर पानीमा भिजेरै भए पनि हामीले समस्या भएको स्थान पत्ता लगायौँ र अहिले मर्मतपछि सबै क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ’, नेपालखबरसँग कुरा गर्दै प्राविधिक श्रेष्ठले भने।

उनले अन्डरग्राउन्ड गरिएको तारमा यसखालका समस्याहरु आइरहने बताए। उनले गएराति नै लैनचौर, सामाखुसी, गोंगबुलगायतका क्षेत्रमा पनि विद्याुत सेवा केहीबेर अवरुद्ध भएपनि मर्मतपछि तत्काले सेवा सुचारु भएको जानकारी दिए।

प्राधिकरणले काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने काम अगाडि बढाइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad