समाज


अस्ट्रेलियामा ९० ह्वेलको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी

अस्ट्रेलियामा ९० ह्वेलको मृत्यु, अलपत्र १८० को उद्धारका लागि प्रयास जारी

नेपालखबर
असोज ६, २०७७ मंगलबार १०:१२,

ह्वेलविद्हरूले तस्मिनियाको पश्चिमी तटमा पानीको सतह कम भएको स्थानमा ह्वेल पुगेपछि उनीहरूलाई अनुकुल वातावरण नहुँदा मरेको बताएका छन्।

उनीहरूले ह्वेलको समूह अन्टार्कटिकातर्फ जानेक्रममा बाटो विराएर तस्मिनियातर्फ गएको र पानीको गहिराई नभएको स्थानमा पुगेपछि अनुकुल वातावरणको अभावमा ठूलो सङ्ख्यामा ह्वेलको मृत्यु भएको हुनसक्ने बताइएको छ।

सरकारी जलचरविद् क्रिस कार्लियनका अनुसार सोमबार साँझसम्म झण्डै एक तिहाई ह्वेलको मृत्यु भएको र अन्यलाई सुरक्षित स्थलतर्फ लान उद्धारका लागि सवयम्सेवक तथा माछापालनमा काम गर्ने श्रमिकहरूको सहायतामा करिब ४० ह्वेलको उद्धार गरिएको छ।

उनले उद्धार चुनौतीपूर्ण रहेको बताउँदै यसका लागि केही दिन लाग्ने बताएका छन्।

Mass stranding of pilot whales off Tasmania's West Coast could have  occurred after a small number were led astray - ABC News

तस्मिनियामा ह्वेलका समूहहरू प्रायः भेटिने गरेका भएपनि उनीहरूको यति ठूलो समूह भने सन् २००९ पछि पहिलो पटक देखिएको अधिकारीहरूले बताएका छन्।

ह्वेलको उद्धार डुङ्गाबाट गर्नुपर्ने भएकोले सीमित उद्धारकर्मीलाई मात्र पठाएर उद्धार गर्नुपर्ने हँदा अहिले करिब ६० जना उद्धारमा सहभागी रहेको कार्लियनले बताए,

चिसो पानीमा भिजेर समूद्रको छालमा काम गर्नु पर्ने भएकोले उद्धारमा कठिनाई भइरहेको बताइएको छ।

समूहमा यात्रा गर्न मन पराउने ह्वेलहरूको करिब ३० वटा समूह तस्मिनिया तटीय क्षेत्रमा रहेको ९० भन्दा बढीको मृत्यु भएको उद्धारमा खटिएका कार्लियनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad