नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित अहिले धेरै गीत संगीतहरु बजारमा आइरहेका छन्। गायिका देवी घर्ति र मदन ढकालको आवाजमा रहेको ‘मेरी आमा’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ।
आमा र छोरीबीचको प्रेम प्रसंगलाई गीतमा समेटिएको छ। आफूलाई जन्मदिने आमाले गरेको त्याग र समपर्णलाई गीतमा देखाइएको छ। गीतमा मदन ढकालको शब्द तथा लय सिर्जना रहेको छ। गरिबीपनको कारणले आफ्नो सन्तानलाई सुख दिन नसक्दा आमाले आत्महत्या गर्न विवश आमाको मायालाई गीतमा देखाइएको छ।
विरेन्द्र भटटको छायांकन, विकाश ज्ञवालीको सम्पादन तथा मदन ढकालको निर्देशन भिडियोमा रहेको छ। ‘मेरी आमा’ गीतको भिडियोमा रञ्जिता गुरुङ, रमा थपलिया, खेम बत्याल, रविना भण्डारी, केदारनाथ कपरी, रविना आचार्य साथै बालकलाकारहरु प्रिन्सा खड्का, ब्लोसम ढकाल, सायरा धितालको अभिनय रहेको छ।

प्रतिक्रिया