राजनीति


एकताको टुंगो लगाउने ठोस प्रस्ताव ल्याउन नेकपा अध्यक्ष र महासचिवलाई १० दिनको समय

 एकताको टुंगो लगाउने ठोस प्रस्ताव ल्याउन नेकपा अध्यक्ष र महासचिवलाई १० दिनको समय

नेपालखबर
असोज ६, २०७७ मंगलबार १०:१६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूरा गर्न ठोस प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका सचिवालय बैठकले एकताको बाँकी काम पुरा गर्नकालागि सचिवालयमा ठोस प्रस्ताव ल्याउन अध्यक्षद्वय र महासचिवलाई १० दिनको समय दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

‘सांगठनिक एकताका बाँकी काम पूरा गर्ने सन्दर्भमा १० दिनभित्र अध्यक्ष कमरेड र महासचिव कमरेडले ठोस प्रस्तात सचिवालयको बैठकमा प्रस्तुत गर्ने र त्यसका आधारमा छलफल गरेर सचिवालयले टुंगो लगाउने निर्णय भएको छ’, बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने।

 प्रवक्ता श्रेष्ठले अन्य विविध कार्यसूची अन्तर्गत रहेका अन्य विषयलाई दुई÷तीन दिनभित्रै अर्को बैठक बसेर निर्णय लिने बताए।

उनले आजको सचिवालय बैठक स्थायी समितिको बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन प्रक्रियामा लैजाने सन्दर्भमा सौहार्दपूर्ण र सकारात्मक छलफल भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad