ad ad

समाज


जुम्लामा अनसन बसेका डा. केसी काठमाडौं आउँदै

जुम्लामा अनसन बसेका डा. केसी काठमाडौं आउँदै

नेपालखबर
असोज ६, २०७७ मंगलबार ६:०,

जुम्लामा आमरण अनसनमा रहेका चिकित्सक गोविन्द केसी आज (मंगलबार) काठमाडौं आउँदैछन्।

बुद्ध एयरको नियमित उडानबाट केसी नेपालगञ्जबाट काठमाडौं आउन लागेका हुन्।

‘डा. केसी नेपालगञ्जबाट आज ११ बजेर २५ मिनेटको बुद्ध एयरको नियमित उडानमा काठमाडौं आउँदै हुनुहुन्छ,’ केसीको आन्दोलनमा सहभागी डा. प्रितम सुवेदीले भने, ‘शिक्षण अस्पताल महाराजगञ्जमा उहाँको आफ्नो सत्याग्रहलाई जारी राख्नु हुने छ।’

डा. केसीले नेपालको चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै केहि वर्षदेखि निरन्तर आमरण अनसन बस्ने गरेका छन्।

यो उनको १९औं अनसन हो।

यसअघि सरकारले उनका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनीसँग बिभिन्न पटक सहमति गरेको छ। सरकारले ती सहमति कार्यान्वयन नगरेको भन्दै केसी पटक पटक अनसन बस्ने गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .