क्रियाशील दलित पत्रकार संघ नेपालको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।
निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्माका अनुसार अधिवेशनले प्रकाश धौलाकोटी (तेह्रथुम) को नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो। २०७६ सालमा स्थापना भएको संघमा पवित्रा सुनार संस्थापक अध्यक्ष थिइन्।
संघको वरिष्ठ उपाध्यक्षमा केशव भुल (अछाम), उपाध्यक्षमा विश्वास खड्काथोकी (बाग्लुङ) र महासचिवमा विष्णु परियार (अछाम) चयन भएका छन्।
त्यस्तै, सचिवमा जसिन्द्र श्रीपाइली (बाग्लुङ) र सम्झना विक (नुवाकोट) निर्वाचित भएका छन् भने सुविन विश्वकर्मा (सुनसरी) ले कोषाध्यक्षको जिम्मेवारी पाएका छन्। केन्द्रीय सदस्यमा अजिरसिंह विक (दैलेख), सरिसा आछामी (काभ्रेपलाञ्चोक), शिवराज परियार (रामेछाप), सरस्वती सुनार (बर्दिया), राजेश भुल (कञ्चनपुर), कमल विक (रुपन्देही), सागर परियार (कैलाली), अन्जु सुनार (स्याङ्जा), उमेश विश्वकर्मा (खोटाङ), लीलामाया ठटाल (सोलुखुम्बु), लवण श्रीपाली (बाग्लुङ) र प्रकाश बीसी (डडेलधुरा) निर्वाचित भएका छन्।
शनिबार अधिवेशनको उद्घाटन राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले गरेका थिए। अधिवेशनमा नेपाली कांग्रेस राष्ट्रिय सभाका सचेतक पदम परियार, नेकपाका प्रतिनिधि सभा सचेतक पार्वती विक, नेकपा (एमाले) का राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेल, नेकपाका प्रतिनिधि सभा सदस्य गणेश विश्वकर्मा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद बागचन्द, त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल, वरिष्ठ पत्रकार हिरा विश्वकर्मा र बाबुराम विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा संघले स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त सम्मान गरेको छ। पत्रकार विश्वकर्माको कोभिड–१९ को बेला चार वर्षअघि मृत्यु भएको थियो।
Shares

प्रतिक्रिया