ad ad

कारोबार


नयाँबजार क्षेत्र अनुगमन : म्याद नाघेका पानीका जार, ट्याङ र स्यानिटरी प्याड नष्ट

नयाँबजार क्षेत्र अनुगमन : म्याद नाघेका पानीका जार, ट्याङ र स्यानिटरी प्याड नष्ट

नेपालखबर
असोज ६, २०७७ मंगलबार ६:१७,

आज आक्वा ककनी ब्राण्डका १८ वटा जार नष्ट गरिएको छ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले नयाँ बजार खुशिँवु क्षेत्रमा गरेको अनुगमनका क्रममा विनोद किराना पसलमा बेच्न राखिएका, थोत्रो भएर रङ्ग नै फेरिइसकेका, कुच्चिएका, लेवल मेटिएका, पानी भरेको मिति नभएका जार र पानी नष्ट गरेको हो।

यसैगरी चितवन दाजुभाइ ट्रेडर्सबाट ४७ प्याकेट म्याङ्गो ट्याङ, २७ प्याकेट अजिनामोटो र ४० थान स्टेफ्रि नामका स्यानिटरी प्याड नष्ट गरिएको छ। यी सामानमध्ये ट्याङ र अजिनामोटोको उपभोग्य मिति मेटिएको थियो । भएको म्याद पनि अक्षर मेटिने थियो।

त्यस क्षेत्रमा भएका किराना पसलहरुको अनुगमनमा अधिकांश पसलमा म्याद गुज्रिएका सामान भेटिएको अनुगमनमा सहभागी एक सदस्यले बताए। कृषि विभागको नेतृत्वमा भएको अनुगमनमा पशु सेवा विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्च, नगर प्रहरीका प्रतिनिधिको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .