आज मंगलबार दिउँसो तथा राति देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षाकाे सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौमस पूर्वानुमान बुलेटिनअनुसार देशभर सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
देशभर बाढीकाे खतरा
वर्षा बढेसँगै देशभर बाढीको जोखिम पनि बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान विज्ञप्ति जारी गर्दै आज (मंगलबार) रातिदेखि देशका सबै नदीमा बाढी आउने सम्भावना रहेको जानकारी दिएको हो। यसर्थ नदी छेउछाउका बासिन्दाले असोज ११ गतेसम्म उच्च सतर्कता अपनाउन आवश्यक रहेको महाशाखाले जनाएकाे छ।
‘असोज ६ गते (आज) रातिबाट देशका सबै नदीमा बहाव बढ्ने र असोज ७ ,८ ,९ र १० गते देशैभरका नदीमा बहाज उच्च हुने ९सतर्कता तलै हुने भए पनि सामान्य अवस्थाबाट एक्कासि बढ्ने० पूर्वानुमान रहेकाले असोज ११ गतेसम्म नदी तटीय क्षेत्रमा क्रियाकलाप नगर्न गर्नुपरेमा अति उच्च सतर्कता अपनाउन हुन हुन अनुरोध छ,’ सूचनामा भनिएको छ।
विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।
याे पनि : ५ दिनसम्म धेरै ठूलो वर्षा हुने र हावाहुरीसमेत आउने सम्भावना : मौसम विभाग

प्रतिक्रिया