छापा खबर


सहकारीले १४.७५% भन्दा बढी ब्याज लिन नपाइने

सहकारीले १४.७५% भन्दा बढी ब्याज लिन नपाइने

नेपालखबर
असोज ६, २०७७ मंगलबार ३:१०,

अबदेखि सहकारी संस्थाहरूले ऋण लगानीमा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् ।

सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको बैठकको निर्णयअनुसार १५ कात्तिकदेखि लागू हुने गरी ब्याजदर तोकिएको हो । 

सहकारी ऐन, सहकारी नियमावलीमा तोकिएका आधार र सामान्य भारसमेतका आधारमा सन्दर्भ ब्याजदर तोकिएको विभागले जनाएको छ । ऋण र बचतको ब्यादजर अन्तर ६ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकिएको विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले बताए।

विभागले अघिल्लो वर्ष १९ साउनदेखि लागू हुने गरी सहकारीहरूले ऋण लगानीमा अधिकतम ब्याजदर १६ प्रतिशत कायम गरेको थियो । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको निर्णयबमोजिम ब्याजदर पुनरावलोकन गरिएको हो । 

सहकारी नियमावली २०७५ मा भएको व्यवस्थाअनुसार सन्दर्भ ब्याजदर निर्धारण गरिएको विभागले जनाएको छ । बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आबद्ध संस्था र संघहरूको औसत ब्याजदर, सहकारी बैंकहरूको औसत ब्याजदर, बैंकहरूको औसत ब्याजदर, ब्याजदरका सम्बन्धमा नेपाल सरकारका मन्त्रालय, निकाय, नेपाल राष्ट्र बैंकले गरेका अध्ययन प्रतिवेदनहरू, राष्ट्रिय सहकारी महासंघ र विषयगत केन्द्रीय संघहरूबाट प्राप्त सुझाबलाई आधार मानी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको खबर आजको नयाँ पत्रिकामा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad