समाज


ट्यांकीमा डुबेर बालकको मृत्यु

ट्यांकीमा डुबेर बालकको मृत्यु

नेपालखबर
असोज ४, २०७७ आइतबार १२:४९,

रुपन्देहीको भैरहवामा एकजना बालकको आज सेप्टी ट्यांकीमा डुबेर मृत्यु भएको छ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका वार्ड नं १० दोदगहरी निवासी झिम्की कुर्मीका १० वर्षीय छोरा सुग्रिम कुर्मीको छिमेकीको निर्माणाधिन घरको सेप्टी ट्याङकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।

मृतक बालक शनिबार बेलुका ५ बजेदेखि हराएका र उनको खोजविन गर्दा आज घरदेखि करिब २०० मिटरको दूरिमा रहेको श्रवण लोनियाको निर्माणाधीन घरको सेप्टी ट्यांकी भित्र पानीमा डुबी मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक खत्रीले बताए। घटनाको थप अनुसन्धान भइरहेको समेत उनले बताए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad