समाज


कैलालीकी महिला पत्रकार मृत्यु प्रकरण: अर्की युवती पनि पक्राउ

कैलालीकी महिला पत्रकार मृत्यु प्रकरण: अर्की युवती पनि पक्राउ

नेपालखबर
असोज ४, २०७७ आइतबार १३:३,

कैलालीकी पत्रकार निर्मला पहराईको शंकास्पद मृत्युमा अर्की एक युवती पक्राउ परेकी छन्।

पहलमानपुरकी रिया भनिने २० वर्षीया धना साउदलाई आइतबार कैलाली प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो।

मृतकका परिवारले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख एसपी अनुपम राणाले बताए। मृतकका परिवारले कैलाली एफएममै कार्यरत पत्रकार ललित जाग्री र ती युवतीविरुद्ध किटानी जाहेरी नै दिएका छन्। जाग्रीलाई युवतीको शव फेला परेकै दिन शुक्रबार प्रहरीले पक्राउ गरिसकेको छ।

मृतक र उनको बीचमा ललित जाग्री कसको प्रेमि भन्ने विषयमा विवाद भएको बुझिएको प्रहरीले जनाएको छ। ललितको टिकटकको भिडियोमा लाइक गरेपछि उनीहरुबीच विवाद सुरु भएको अनुसन्धानमा देखिएको छ।

बुधबारदेखि बेपत्ता २३ वर्षीया निर्मलाको शुक्रबार दिउँसो वडा नं ५ स्थित फुलबारी सामुदायिक वनमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो। रुखको फेदमा चप्पल र छाता तथा केही पर घडी फेला परेपनि निर्मलाको मोवाइल भने फेला परेको छैन।

कैलालीको घोडाघोडी नगरपालिका ४ की निर्मला र ललित कैलाली एफएममा काम गर्थे। बुधबार बिहान १० बजेदेखि हराएकी निर्मला बिहीबारसम्म पनि घर नआएपछि निर्मलाका दाजु बिशालले इलाका प्रहरी कार्यालय सुख्खडमा जानकारी गराएका थिए।

दाजु विशाल लगायतका आफन्तले जंगलमा झुण्डिएको अवस्थामा उनको शव फेला पारेका थिए।

शव पोष्टमार्टम गरिए पनि रिपोर्ट आइसकेको छैन।

याे पनि : ब्वायफ्रेन्डबारे विवाद भएपछि निर्मलाले आत्महत्या गरेको आशंका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad