गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार साँझ दिएको जानकारी अनुसार गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा प्रदेशका ४ जिल्लामा ५६ कोरोना संक्रमित थपिएका हुन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितमा नवलपरासी पूर्वका ३४, कास्कीका १७, तनहुँका ४ र स्याङ्जाका १ जना रहेका छन्।
संक्रमितमध्ये केही भारतबाट आएका र केही कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको र उनीहरु सबैलाई आइसोलेसन केन्द्र लगिएको निर्देशक शर्माले जनाकारी दिए।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३३६ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८२ जना निको भएसँगै निको हुनेको संख्या २ हजार ५७ पुगेको छ।
पछिल्लो २४ घण्टामा प्रदेशमा ९२६ पीसीआर परीक्षण गरिएको थियो भने अहिलेसम्म ६१ हजार ६११ पीसीआर परीक्षण भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएसँगै प्रदेशमा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ।

Shares

प्रतिक्रिया