समाज


भारतमा कहिले उपलब्ध होला कोरोना खोप? यस्तो छ अनुमान

भारतमा कहिले उपलब्ध होला कोरोना खोप? यस्तो छ अनुमान

नेपालखबर
असोज १, २०७७ बिहिबार १५:१६,

भारतका स्वास्थ्यमन्त्री डाक्टर हर्ष वर्धनले आगामी वर्ष सन् २०२१ को सुरुवातसम्ममा कोरोनाविरुद्धको खोप उपलब्ध हुने आशा व्यक्त गरेका छन्।

उनले भने, ‘खोप कुनै जादु होइन, ठूलो परिमाणमा खोप उपलब्ध हुन समय लाग्छ। तर कोरोना रोक्न मास्क महत्वपूर्ण छ।’

यसको एक दिनअघि भारतको फार्मा कम्पनी डाक्टर रेड्डिज ल्याब्सले भनेको थियो कि भारतमा यस वर्ष (सन् २०२०)को अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप उपलब्ध हुन सक्छ। उक्त कम्पनीले रुससँग त्यहाँको कम्पनीले उत्पादन गरेको स्पुतनिक–५ खोपको १० करोड डोज खरिदका लागि सम्झौता गरिसकेको छ।

यस्तै अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोप उत्पादन गरिरहेको अस्ट्राजेनिकाको भारतीय साझेदार सिरम इन्स्टिच्युट अफ इन्डियाकाे ड्रग्स कन्ट्रोलर अफ इन्डिया (डीसीजीआई) लाई खोपको क्लिनिकल ट्रायल फेरि सुरु गर्ने अनुमति प्राप्त भएको छ।

ट्रायलका क्रममा खोप लगाएका एक व्यक्तिमा केही नकारात्मक असर देखिएपछि परीक्षण रोकिएको थियो। तर केही सर्तसहित ट्रायल पुनः सुरु गर्ने अनुमति दिइएको हो। बीबीसी हिन्दीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad