राजनीति


संवैधानिक आयोगका पदाधिकारी नियुक्त गर्न संसदीय समितिद्वारा ध्यानाकर्षण

संवैधानिक आयोगका पदाधिकारी नियुक्त गर्न संसदीय समितिद्वारा ध्यानाकर्षण

नेपालखबर
असोज १, २०७७ बिहिबार १५:१३,

संसदीय समितिले रिक्त रहेका संवैधानिक आयोगका पदहरुमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

संसदको कानून, न्याय तथा मानवअधिकार समितिले संवैधानिक आयोगका पदहरुमा रहेका पदहरुमा तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

मानवअधिकार संरक्षण र सम्बद्र्धनमा टेवा पुर्‍याउने संरचनाको रुपमा रहेका संवैधानिक आयोग पदाधिकारी विहीन हुन नहुने भएकाले तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराइएको सम्मिलित सभापति कृष्णभक्त पोखरेलले बताए।

संविधानले नै व्यवस्था गरेका महिला आयोग, दलित आयोग, थारु आयोग, समावेशी आयोग लगायतका आयोगहरुमा छिटो पदाधिकारी नियुक्त गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइएको उनले बताए।

समितिले देशका विभिन्न स्थानमा प्रहरी हिरासतमा मृत्यु भएका घटनाहरुको सत्यतथ्य पत्ता लगाउन ५ सदस्य रहेको समिति गठन गर्ने पनि निर्णय गरेको छ। मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै आउँदो आइतबारसम्म प्रधामन्त्रीलाई प्रतिवेदन बुझाइसक्ने निर्णय पनि समितिले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad