समाज


८ प्रहरीसहित गण्डकीमा थपिए ५० कोरोना संक्रमित

 ८ प्रहरीसहित गण्डकीमा थपिए ५० कोरोना संक्रमित

नेपालखबर
भदौ ३१, २०७७ बुधबार ४:४७,

गण्डकी प्रदेशमा नेपाल प्रहरीका ८ जनासहित थप ५० जना कोरोना संक्रमित थपिएका छन्।

 बुधबार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना पुष्टि भएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएका संक्रमितमा कास्कीका २९ जना, गोरखाका १३ जना, तनहुँका ५ र बागलुङका ३ जना रहेका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीमा थपिएकामा ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत रहेको, एक महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत र ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका व्यक्ति रहेका छन्। त्यस्तै रुपा–१ का २७ वर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।

त्यस्तै तनहुँको घिरिंगका ३ पुरुष र बाग्लुङको गल्कोट–३ र बाग्लुङ–१ का २ पुरुष पनि भारतबाट आई क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्। अन्य सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको निर्देशक शर्माले जनाकारी दिए। सबै संक्रमितलाई सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको उनले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १६६ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad