पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार आइतबार काठमाडौँ उपत्यकाका ५९७ सहित देशभरमा १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
आइतबार थपिएका संक्रमितमा सबैभन्दा बढी काठमाडौँका ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ रहेका छन्। त्यस्तै बढी कोरोना संक्रमित हुनेमा मोरङमा ७१, बर्दियामा ६१ जना रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५४ हजार १५९ पुगेको छ।
हेरौँ सूची



प्रतिक्रिया