सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परेर बेपत्ता भएका मध्ये ११ जनाको शव फेला परेको छ। पहिरोमा २० जना हराइरहेका छन्। ज्यान गुमाउनेमा ७ महिला र ४ पुरुष रहेका छन्।
बाह्रबीसेकी उपमेयर सुशिला पाख्रिनका अनुसार मृत्यु हुनेमा ६२ वर्षकी भक्तिमाया श्रेष्ठ, वर्ष १० की ल्याक्सी तामाङ, वर्ष ६५ का धनलाल नेवार, वर्ष २४ को शुकलाल विक, वर्ष २३ को जुनु विक, वर्ष ८ का सन्देश विक, वर्ष ४२ की ज्ञानीमाया प्रधान, वर्ष ६० का सर्किनी नेवार र वर्ष ६० की हिरामाया नेवारको शव भेटिएको हो।
यस्तै थप दुई जनाको शव पनि प्रहरीले फेला पारेको छ। ५ वर्षीय सरस्वती विक र २८ वर्षीय करण श्रेष्ठको शव फेला परेको उपमेयर पाख्रिनले नेपाल खबरलाई जानकारी दिइन्।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन्। पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ।
यी हुन् पहिरोमा बेपत्ता २० जना
१८ वर्षीया दिलमाया श्रेष्ठ
३७ वर्षीया रीता श्रेष्ठ
५ वर्षीया कानियल श्रेष्ठ
४ वर्षीय नारायण श्रेष्ठ
२५ वर्षीय अमृत श्रेष्ठ
२५ वर्षीया मनिता श्रेष्ठ
काठमाडौंको मुलपानी घर भइ माइत गएकी ३० वर्षीया रविना श्रेष्ठ
रविनाका २ महिने छोरा
८ वर्षीया रियाशु शिवभक्ति
६० वर्षीया पदमकुमारी श्रेष्ठ
४२ वर्षीया रामकुमारी श्रेष्ठ
५९ वर्षीय लाल बहादुर श्रेष्ठ
उमेर नखुलेकी बुद्धलक्ष्मी श्रेष्ठ
११ वर्षीया लक्ष्मी श्रेष्ठ
२२ वर्षीय कुमार विक
२१ वर्षीया सोनिया विक
१० महिनाकी रुपा विक
५३ वर्षीय सिंहबहादुर नेवार
र अमृतको घरमा पाउना आएका नाम थाहा नभएका एक जना पनि बेपत्ता छन्।

प्रतिक्रिया