ad ad

समाज


जडिबुटी निकासीको विषयमा दुई गाउँबीच झडप, सात जना घाइते

जडिबुटी निकासीको विषयमा दुई गाउँबीच झडप, सात जना घाइते

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १३:५३,

खार्पुनाथ गाउँपालिका ५ दुर्पा गाउँ र खर्पेलगाउँबासीबीच वनको जडिबुटी विषयमा बुधबार र आज झडप भएको छ। दुर्पा गाउँबासीले भोगचलन गर्दै आएको मालिकादेवी सामुदायिक वन क्षेत्रका जडिबुटी संकलन गरेका विषयलाई लिएर दुई गाउँका नागरिकबीच झडप भएको हो।

दुर्पा गाउँबासीले मालिकादेवी सामुदायिक वन क्षेत्रका जडिबुटी निकासी गर्न बन्द गरेका अवस्थामा छिमेकी खर्पेलगाउँबासीले जडिबुटी संकलन गर्दा झडप भएको हो। झडपबाट दुर्पा गाउँका अविर ऐडी घाइते भई जिल्ला अस्पतालमा उपचार भएको छ। अन्य सात जना सामान्य घाइते भएका छन्।

खर्पेलगाउँका युवाबाट बुधबार कुटिएर घाइते भएका दुर्पा गाउँबासीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा पुनः आज बिहान खर्पेल गाउँका युवा समूहले खार्पुदोभानमा आफूहरुमाथि हातपात गर्न खोजेको मालिकादेवी सामुदायिक वनका अध्यक्ष मन्दिर ऐडीले जानकारी दिए। उनले बिरामी ल्याएर आउने क्रममा खार्पुदोभानमा आफूहरुलाई हातपात गर्न खोजेको जनाउँदै खार्पु प्रहरीचौकी नभएको भए आफूहरुलाई झन् समस्या निम्तिने अवस्था रहेको बताए।

झडपमा घाइते भएका बिरामी लिएर आएको समूहमाथि हातपात गर्न खोज्दा आज बिहान प्रहरीले उनीहरुलाई लखेटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए।
मालिकादेवी सामुदायिक वनका पदाधिकारीले केही दिन अगाडि मात्रै उक्त वन क्षेत्रको पूर्व भीमदुला, पश्चिम डाङ्गेडुङ्ग र स्याङ्गरी, उत्तरमा मोधे, पिरेउते, ठेग्ना र लाग्ना, दक्षिणमा थारेकोटभित्र जडिबुटी सङ्कलन र निकासी तथा वन पैदावार निकासी गर्न प्रतिबन्ध लगाएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .