ad ad

समाज


बागलुङ बाढी : ११ वटा जलविद्युत आयोजनासहित १७१ भौतिक संरचनामा क्षति

बागलुङ बाढी : ११ वटा जलविद्युत आयोजनासहित १७१ भौतिक संरचनामा क्षति

नेपालखबर
भदौ २०, २०७७ शनिबार ४:२३,

बुधबार राति अविरल वर्षासँगै बागलुङको ढोरपाटन नगरपालिकामा पर्ने भुजिखोलामा आएको बाढीका कारण मानवीय मात्रै होइन, ठूलो मात्रमा भौतिक क्षति भएको छ।

बाढीले घर, विद्यालय, जलविद्युत्, स्वास्थ्य संस्था, झोलुङ्गे पुललगायत १७१ वटा भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

बाढीका कारण हालसम्म १४ जनाको मृत्यु भइसकेको छ भने २४ अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए। बाढीका कारण ढोरपाटन नगरपालिका–७, ८ र ९ नम्बर वडाका गाउँलाई उजाड बनाएको भुजीखोलाले सबैभन्दा बढी क्षति वडा नम्बर ९ मा पुर्याएको छ।

मुख्यगरी भुजी खोला आसपासको फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको छ।

ढोरपाटन नगरपालिका–९ देउरालीडाँडाबाट खसेको पहिरो खोलामा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको स्थानीयले बताएका छन्।

बाढीका कारण ढोरपाटन–९ मा जम्मा ७३ घर र ढोरपाटन–८ मा १० घरमा पूर्ण क्षति भएको छ भने ४८ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए। पूर्ण तथा आंशिक रुपमा क्षति भएका घरका ५१८ जना विस्थापित भएका छन्।

यस्तै १३१ घरसहित ११ लघु जलविद्युत्, एक स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, पाँच ढलान पुल, दुई विद्यालय र १० काठे पुल गरी १७१ भौतिक संरचनामा क्षति पु¥याएको ढोरपाटन नगरपालिकाले जनाएको छ।

ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीका अनुसार अधिकांश संरचना पूर्णरुपमै ध्वस्त भएका छन् भने बुर्तिवाङ हुँदै ढोरपाटन जाने सडकको दुई दर्जन बढी ठाउँमा सडक बगाएको छ।

बाढीले ढोरपाटन नगरपालिका–९ सुप्राङस्थित जनचेतना प्राथमिक विद्यालयको तीन कोठा भएको भवन, सोही वडाको सुकुरदुङस्थित सरस्वती आधारभूत विद्यालयको तीन कोठे भवन पूर्ण क्षति भएको छ।

यस्तै ९ नम्बर वडाकै लाकुरीबोटस्थित लाकुरीबोट स्वास्थ्य एकाइको दुई कोठे भवनमा क्षति पु¥याएको छ।

यस्तै भुजीखोला लघु जलविद्युत्का पाँच शाखासहित ११ लघु जलविद्युत्, विभिन्न स्थानका ११ झुोलुङ्गे पुल, पाँच ढलान पुल र १० काठेपुलमा क्षति पु¥याएको नगरप्रमुख नेपालीले जानकारी दिए। अन्य क्षतिग्रस्त संरचनाको लगत संकलन भइरहेको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .