ad ad

समाज


रथ तान्ने झडपमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण, डीएसपी भन्छन् : उनीहरूलाई अलि परै राखिएको थियो

रथ तान्ने झडपमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण, डीएसपी भन्छन् : उनीहरूलाई अलि परै राखिएको थियो

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १६:५३,

ललितपुरको पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण देखिएको छ।

शुक्रबार आएको रिपोर्टमा सातदाेबाटाे महानगरीय प्रहरी वृत्तका १८ प्रहरीमा कोरोना पोजिटिभ पुष्टि भएको हो।

तर वृत्तका डीएसपी मित्रबन्धु खनालले ती प्रहरीलाई झडप स्थलमा थप जनशक्तिका रूपमा लगिएको भए पनि भिड नियन्त्रणका लागि नखटाइएको दाबी गरेका छन्। 

‘वृत्तका १८ प्रहरीमा कोरोना पुष्टि भएको हो,’ शुक्रबार साँझ डीएसपी खनालले नेपालखबरसँग भने, ‘तर ती प्रहरीलाई थप जनशक्तिका रूपमा अलि परै गाडीमा राखेका थियौं, भिड नियन्त्रणमा सहभागी गराएका थिएनौं।’

‘उनीहरूलाई पहिलेदेखि नै अलग्गै आइसोलेसनमा राखिएको थियो,’ डीएसपी खनालले भने, ‘अब उनीहरूसँग सम्पर्क गरेका अन्य प्रहरीलाई पनि क्वारेन्टिनमा राख्नेछौं।’

याे पनिललितपुर पुलचोकमा रथ तान्ने र प्रहरीबीच झडप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .