ad ad

समाज


रुसले बनाएको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सफलः अध्ययन

रुसले बनाएको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सफलः अध्ययन

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १६:२९,

रुसले तयार पारेको कोरोना भाइरसविरुद्ध खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सुरक्षित र सफल देखिएको छ।

पहिलो र दोस्रो चरणको परीक्षणका क्रममा सो खोप लगाउने व्यक्तिहरुको शरीरमा कुनै गम्भीर स्वास्थ्य समस्या बिनै एन्टिबडी उत्पादन भएको छ। गरेको छ।

स्वास्थ्य विज्ञानसम्बन्धी बेलायतको प्रसिद्ध जर्नल लानसेटमा यससम्बन्धी पिअर रिभ्यु गरिएको अध्ययन प्रकाशित भएको छ।
यद्यपि तेस्रो चरणको परीक्षणअघि नै स्पुतनिक भी नामक सो खोप प्रयोगका लागि रुसले अनुमति दिइसकेको छ।

अनुसन्धानकर्ताहरुले भने त्यो खोप सुरक्षित र प्रभावकारी छ भनेर विश्वसनीय बनाउनका लागि धेरै संख्या र लामो समयको परीक्षण हुनुपर्ने बताएका छन्।

सो खोप लगाएको ७६ जनामा शरीरमा उत्पन्न भएको एन्टी बडी कोरोना भाइरस संक्रमित भएर प्राकृतिक रुपमा निको भएका व्यक्तिको बराबरी भएको अनुसन्धानले देखाएको छ। यस्तो खोप दिइएको व्यक्तिमा मध्यमस्तरको ज्वरो, केहीमा टाउको र शरीरका जोर्नी दुख्ने समस्या मात्रै देखिएको जनाएको छ।

गत महिना रुसको स्वास्थ्य नियमक संस्थाले खोपलाई अनुमति दिएपछि केही पश्चिमा देशका विज्ञहरुले त्यसप्रति अविश्वास व्यक्त गरेका थिए।

उनीहरुले खोपको दौडमा अन्य देशलाई उछिन्न रुसले अनुसन्धानका लागि आवश्यक केही महत्वपूर्ण चरण पार नगरेको भन्दै आलोचना गरेका थिए।

तर रुसले आलोचनाहरु आधारहीन भन्दै खण्डन गरेको थियो। स्पुतनिक भी नामको खोपको घोषणा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना दुई छोरीहरु मध्य एकलाई सो खोप लगाएको जानकारी गराएका थिए।

रुसले नेपाललाई पनि सो खोप स्थानीय स्तरमा उत्पादन गर्न प्रस्ताव गरेको छ।

नेपालले भने यस खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलमा सहभागी हुने इच्छा देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .