ad ad

खेल


मेस्सीले भने: आगामी सिजन बार्सिलोनामै रहन्छु

मेस्सीले भने: आगामी सिजन बार्सिलोनामै रहन्छु

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १६:११,

लियोनल मेस्सीले बार्सिलोना नछाड्ने निर्णय लिएको बताएका छन्।

गोल डटकमसँगको अन्तर्वार्तामा मेस्सीले अन्ततः आफू बार्सिलोनामै बस्ने निर्णयमा पुगेको बताएका छन्।

क्लबका अध्यक्षले आफ्नो बाचा पूरा नगरेको आरोप पनि उनले लगाएका छन्।

‘म यही क्लबलाई निरन्तरता दिन गइरहेको छु। किनभने क्लबका अध्यक्षले क्लब छाड्ने एक मात्र बाटो ७० करोड युरो तिर्नु हो भने। जुन सम्भव छैन,’ मेस्सीले भनेका छन्।

उनले बार्सिलोनाप्रतिको आफ्नो प्रेम कहिल्यै परिवर्तन नहुने पनि स्पष्ट पारेका छन्।

‘जब मैले पत्नी र बच्चाहरुसँग बार्सिलोना छाड्ने इच्छा व्यक्त गरेँ, तब पूरै परिवार रुन थाल्यो। मेरा बच्चाहरु बार्सिलोना छाड्न चाहँदैनथे। उनीहरुलाई स्कुल बदल्न पनि मन थिए,’ उनले भनेका छन्।

तर, च्याम्पियन्स लिगमा सालैपिच्छे बेहोर्दै आएको हारका कारण आफू बार्सिलोना छाड्ने निर्णयमा पुगेको उनको भनाइ छ। यो कुरा लामो समयदेखि क्लबका अध्यक्षलाई भन्दै आएपनि उनले टार्ने गरेको मेसीले खुलाएका छन्।

‘सत्य के हो भने अरु सबैथोकभन्दा म यो क्लबलाई अगाडि राख्छु, त्यसैले मैले बस्ने निर्णय गरेँ,’ मेस्सीले भनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .