जिल्लामा एकै दिन ७४ जना कोरोना संक्रमित थपिएका छन्। दुईवटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ती सङ्क्रमित थपिएका हुन्।
चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५७ जना र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना जिल्लाका संक्रमित थपिएका हुन्। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार थपिनेमा सबैभन्दा बढी भरतपुर महानगरका ५६ जना रहेका छन्।
यस्तै रत्ननगरका तीन जना, कालिकाका दुई जना, खैरहनीका चार जना र राप्ती नगरपालिकाका–९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। चितवन मेडिकल कलेजको प्रयोगशालामा ७०३ जनाको परीक्षणका क्रममा ८८ जनामा र भरतपुर प्रयोगशालामा ३०२ जनाको परीक्षणमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये ७४ जना जिल्लाका हुन् भने बाँकी ३२ जना बाहिरी जिल्लाका हुन्। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्य ९३३ पुगेको छ। यसमध्ये ५९४ भरतपुर महानगरका रहेका छन्।
यस्तै खैरहनीका ५३ जना, माडीका ५२ जना, रत्ननगरका ११५ जना, राप्तीका ९७ जना, कालिका नगरपालिकाका १८ जना र इच्छाकामना गाउँपालिकाका चार जना रहेका छन्। संक्रमितमध्ये चितवनका ११ जनाको मृत्यु भइसकेको छ। जिल्लाका अस्पतालमा मृत्यु हुनेको संख्या भने २० पुगेको छ। रासस
Shares

प्रतिक्रिया