खेल


स्वारेज युभेन्टस जान सहमत

स्वारेज युभेन्टस जान सहमत

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ११:३७,

बार्सिलोनाका फरवार्ड लुइस स्वारेज इटालियन क्लब युभेन्टस जान सहमत भएको जनाइएको छ।

अब यसका लागि उनले बार्सिलोनालाई मनाउनुपर्नेछ।

बार्सिलोनामा उनको सम्झौता अवधि एक वर्ष बाँकी रहँदै नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजसहित केही खेलाडीलाई आफ्नो योजनामा नरहेको सूचित गरेका थिए।

उरुग्वेका खेलाडी स्वारेजले बार्सिलोनासँग सो एक वर्षको ज्याला पनि माग्ने रिपोर्टहरुमा जनाइएको छ।

युभेन्टस जाने उनको प्रयास सफल भए स्वारेज क्रिस्टियानो रोनाल्डोसँगै खेल्ने छन्।

सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना आएका स्वारेजले २८३ खेलमा १९८ गोल गरेका छन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad