नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५४ जना कोरोना संक्रमित निको भएका छन्।
शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप १ हजार ३५४ जना कोरोना संक्रमित निको भएको बताए।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २५ हजार ६१ पुगेको प्रवक्ता गौतमले जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार आज १ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ।
आज १३ हजार ६३८ जनाको पीसीआर परीक्षण गरिएको थियो।

प्रतिक्रिया