खेल


फ्रान्सेली क्लब पीएसजीका थप तीन खेलाडीलाई कोरोना संक्रमण

फ्रान्सेली क्लब पीएसजीका थप तीन खेलाडीलाई कोरोना संक्रमण

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १०:४३,

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी)का थप तीन जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ।

पीएसजीले विज्ञप्ति जारी गर्दै थप ३ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको बताएको हो। दुई दिनअघि मात्र ब्राजिलका स्टार नेयमारसहित थप दुई खेलाडीमा कोरोना पुष्टि भएपछि अन्य खेलाडी तथा पदाधिकारीको कोरोना परीक्षण गर्दा थप तीन खेलाडीमा कोरोना पुष्टि भएको हो।

क्लबले खेलाडीको नाम भने गोप्य राखेको छ। फ्रान्सेली मिडियाले भने क्लब स्रोतलाई उद्धृत गर्दै गोलरक्षक केलर नाभास, डिफेन्डर मार्किन्हस र फरवार्ड मोउरो इकार्डीमा कोरोना पुष्टि भएको बताएका छन्।

फ्रान्सेली लिगको नियमअनुसार अब पीएसजीको लिग खेल पनि स्थगित हुने सम्भावना बढेको छ। लिगको नियमअनुसार ८ दिनको अन्तरमा ४ भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिए खेल स्थगित गर्नुपर्नेछ।

यसैबीच स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। क्लबले शुक्रबार कोस्टासहित सान्टियागो एरियासलाई कोरोना पुष्टि भएको विज्ञप्तिमार्फत पुष्टि गरेको छ।

कोरोना पुष्टि भएसँगै खेलाडीहरु सेल्फ आइसोलेसनमा बसेका छन्। क्लबले अभ्यास र प्रि–सिजनमा जानुअघि खेलाडीको कोरोना परीक्षण गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad