समाज


कोरोना संक्रमणबाट नेपालमा एकैदिन १४ जनाको मृत्यु, मृतकको संख्या २७१ पुग्यो

कोरोना संक्रमणबाट नेपालमा एकैदिन १४ जनाको मृत्यु, मृतकको संख्या २७१ पुग्यो

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १०:५०,

नेपालमा कोरोना संक्रमणबाट एकैदिन थप १४ जनाको मृत्यु भएको छ।

शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताए।

प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन्।

मृत्यु हुनेमा काठमाडौँका ३ जना र चितवनको १ जना रहेका छन्। प्रवक्ता गौतमका अनुसार काठमाडौँका ८२, ६७, २२ र चितवनकी ३५ वर्षीया महिला रहेका छन्। 

त्यस्तै पुरुषमा सप्तरीका ५५ वर्षीय २ जना, धनुषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्युठानका ४८ , रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

योसँगै कोरानाका कारण नेपालमा निधन हुनेको संख्या २७१ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad